‘ द भोइस ‘ कि श्रेया राईको पहिलो गीत ‘एक्ले बर’ सार्वजनिक (भिडियाेसहित)

, , Leave a comment

नेपालकै ठुलो गायन रियालिटी सो ‘द भोइस अफ नेपाल’कि प्रतिस्पर्धी श्रेया राइको पहिलो गीत सार्बजनिक भएको छ। कान्तिपुर टिभी बाट प्रसारण हुने भोइसका कारण चर्चामा आएकी श्रेया राईको गीतको भिडियो सहित रिलिज गरिएको हो । यस अघि गलबन्दी फिल्मको टाइटल गीत राजेश पायल राइ संग गाइसकेकी श्रेया राइले पूर्वेली लोक लयमा आधारित गीत ‘एक्ले बर’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

श्रेया राइ रियालिटी शो ‘द भोइस’ मा टप ८ सम्म पुग्न सफल बनेकी थिइन। नेपालको पूर्वी क्षेत्रमा गाइने भाकामा गीत गाउन पाउदा खुशी लागेको बताइन । श्रेया राइको यो पहिलो मारुनी गीत लाइ शब्द र संगित डि आर अटुले दिएका छन् भने एरेन्ज राजु कार्कीले गरेका छन । श्रेया राइको यो गीतमा पूर्वेली सभ्यता र संस्कार समेटिएको छ। हेर्नुस भिडियो मा

 

Leave a Reply