टिपरको ठक्करबाट बालिकाको गयो ज्यान : टिपरमा आगजनी

आज टिपरको ठक्करले एक बालिकाको मृत्यु भएपछि विराटनगर तनावग्रस्त बनेको छ । आज बिहानको समयमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको सिसौघारीमा ना३ख ३३५५ नम्बरको टिपरले दिएको ठक्करबाट सोहि ठाउकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । ठक्करपछि बालिकाको मृत्यु भएपछी स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

बाटो काट्दै गरेकी बालिकालाई तिब्र गतिमा आएको सो टिपरले ठक्कर दिदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो। घटना पछि आक्रोशित बनेको स्थानीयहरुले टिपरमा आगो लगाइदिएका थिए भने सडक मै टायर बालेर प्रदर्शन समेत गरे । दुर्घटना गराएर भाग्दै गरेको टिपर रुखमा ठोकिएर आफ्नो दुर्घटना मा परेको थियो। त्यसपछि स्थानीयले टिपरमा आगजनी गरेका थिए । आक्रोशित भिड ले ठक्कर दिने टिपरका अतिरिक्त अरु ७ ओटा टिपरमा समेत आगजनी गरेका छन् ।

स्थानीयको प्रदर्शनले सवारी आवागमन ठप्प बनेको छ । टिपर आतंक रोक्नुपर्ने भन्दै नाराजुलुश समेत गरिएको थियो। यसक्रममा विराटनगर-विराटचाै सडकखण्डमा कुनै पनि सवारीसाधन चलेका छैनन् । साथै घटनास्थलमा निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *