आमाको किरिया बसेकी १३ वर्षिया सविनाको पिडा, बाबु बेपत्ता, आमाको मृत्यु ! अब कस्ले देला बस्न खान

पैसा कमाउन विदेश पसेका बुबा १३ बर्ष बितिसक्दा पनि नफर्केको पिडामा परेकी सानी नानि सबिना मेचे माथि अर्को बज्रपात परेको छ। आफु जन्मदै बाबु मुग्लान पसेको लामो समय सम्म त फर्केनन् नै खबर समेत नपाउदा पिडित बनेकी १३ बर्षीय सविनाको आमाको पनि मृत्यु भएको छ। आमाको छत्रछाया र मायाले हुर्केकी सबिनाको आमाको मृत्यु पछि उनि टुहुरो बनेकी छिन।

बुवाको माया त पाएनन नै सानै छदा एक मात्र साहारा आमालाई पनि दैवले चुडेर लगेपछि उनि आफै किरिया बसेकी छिन। १३ बर्षकि सानी नानि सबिनाको आमा मुटु रोग बाट ग्रसित थिइन। झापाको मेचिनगर- ११ मा की सविना मेचे आफु बेसहारा त बनेकी छिन नै आमाको काजकिरिया गर्ने कोहि नभएपछि उनिआफै बसेकी छिन् । गत बिहीबार उनको आमाको मत्यु भएकाे थियाे ।

‘बुवालाई कहिले देख्न पाइनँ, पैसा कमाउन भारत जानुभएको रे, आमाले पनि छोडेर जानुभयो,’ गहभरि अाँसु पार्दै उनले भनिन्, ‘अब कसकाे भरमा बाँच्ने हाेला, एक्लै बस्न सक्दिनँ हुँला ।’ अर्काको जग्गामा सानो झुप्रो बनाइ बसेका आमा छोरीको जिबन खोलाको ढुंगा टिपेर गुजारा भैरहेको थियो। तर देबको लिला दुखमा बाची रहेकी १३ बर्षीय सबिना लाइ झन् दुख र पिडा थपिदिएको छ। आमाको मुटु रोगकै कारण ८ कक्षा देखि पढ्न छाडेकी र आमालाई सघाउने काम गने सबिना आमालाई सम्झदै डाको छोडेर रुन थाल्छिन।

मेचे संस्कार अनुसार आमा, बुवाको किरिया १३ दिनसम्म छोराले गर्ने चलन रहेको छ तर महिला काजकिरियाले काजकिरिया गरेको सबिना नै पहिलो बनेकी छिन। परिवारमा अन्य सदस्य नहुदा सविना आमाको काजकिरियामा बसेकी हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

3 Comments on “आमाको किरिया बसेकी १३ वर्षिया सविनाको पिडा, बाबु बेपत्ता, आमाको मृत्यु ! अब कस्ले देला बस्न खान”

  1. Please ask her to call 57 526356 when she gets her kiriya done. It is EduVIsion Foundation that has helped many children before.

Leave a Reply

Your email address will not be published. Required fields are marked *