आज फेरि ओरालो लाग्यो शेयर बजार, घटेको बजारमा पनि तामाकोसीको शेयर धनीले कमाए

, , Leave a comment

हिजो हरियाली छाउदै बढेको सेयर बजार आज फेरि घटेको छ। हिजो मंगलबार दोहोरो अंकले बढेको बजार आज भने ७ दशमलव ५७ अंक ले घटेको हो।

नेपाल स्टक एक्सचेञ्जको कारोबारमापक नेप्से घटेर आज एक हजार १८७ दशमलव ९७ मा बन्द भएको छ। आजको कारोबार अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ५ विन्दुले घटेको छ भने व्यापार १ दसमलब ८६, जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन्। बैंकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन्।

स्टक एक्सचेञ्जका अनुसार आज कूल १६९ कम्पनीको शेयर खरिद बिक्रि हुदा ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्य बराबर को रकमको कारोबार भएको थियो। हिजो जस्तै आजपनि घटेको बजारमा समेत माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर धनीले १० प्रतिशतकै हाराहारीमा कमाए भने नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त , साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले आज कमाए।

 

Leave a Reply