आन्तरिक हवाइ भाडा घट्यो, हेर्नुस कहाँको कति भयो ?

, , Leave a comment

इन्धनको मूल्य घटे संगै बायु सेवा संचालक हरुले पनि आन्तरिक उडान तर्फको हवाइ भाडा घटाएको छ। शुक्रबार हवाई इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाए पछि हवाई भाडा पनि घटेको हो। यस अघि १ सय ४ रुपैयाँ ५० पैसा मा खरिद गर्दै आएको हवाई इन्धन १० रुपया प्रति लिटर घटेको हो।

माउन्टेन फ्लाइटसहित देश भरका ११ आन्तरिक गन्तब्यका लागि आइतबार देखि लागु हुने गरि हवाई भाडा घटाएको हो। वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४४० रुपैयाँसम्म भाडा घटाएका छन् ।

नयाँ भाडादर अनुसार काठमाडौं–सिमरा ३ हजार १ सय २०, काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ ।

नयाँ भाडदर अनुसार माउन्टेन फ्लाइटलाइ ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । काठमाडौं–भरतपुर अब यात्रुले ३ हजार ६ सय ५० रुपैयाँ , काठमाडौं–तुम्लिङटारको भाडा अब आइतबारदेखि ६ हजार रुपैयाँ भाडादर तोकिएको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट पोखरा ५ हजार ५०, विराटनगर ७ हजार ५ सय ५०, जनकपुर ४ हजार ३ सय, भैरहवा ६ हजार २ सय, नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय कायम भएको छ ।

 

Leave a Reply