बिबादित अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाको बारेमा थप खुलासा ( भिडियो सहित )

, , 1 Comment

सिधा कुरा जनताको कार्यक्रम बाटै सुरु भएको अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाको बिबाद। पैसा लिएर मानब तस्करी गरेको आरोप लागेको थियो राजदुत शेर्पा माथि। उनको आफ्नै सवारी चालक र भान्छे समेत रहेका वान्चु ले लगाएको आरोप को अहिले सम्म निर्क्योल हुन् सकेको छैन। हिजो मात्र धेरै संचार माध्यम हरुले राजदुतको सम्बन्धमा थरि थरि का समाचार छापेको थियो।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई बर्खास्त गरेको भनि मंलगबार दिनभरी समाचारहरु आईरहे तर सत्यता बारे भने पुस्टि हुन सकेन । मन्त्रीपरिषद देखि परराष्ट्र मन्त्रालयसम्मका कसैले पनि यो समाचारलाई कसैले पनि पुष्टी गरेनन् ।

त्यसै गरि मंगलवार साझ तिर राजदुत लग्की शेर्पालाई राजीनामा गर्ने पार्टी नेतृत्वले दवाव दिएपछि उन्ले राजीनामा गरेको भन्ने समाचार पनि आईरहे । त्यसलाई पनि कसैले आधिकारिक पुष्टी गरेन् । आरोपित लक्की शेर्पाको बारेमा आएको समाचार बारेमा पुस्टि हुन सकेन। उता आरोप लगाउने सवारी का चालक ले भने आफुलाई सरकारको तर्फबात जानकारी माग नगरिएको सिधा कुरा जनतालाई बताए। आखिर के के भयो कुरा हेर्नुस थप भिडियोमा

 

One Response

  1. dhama paudyal

    January 9, 2019 10:33 am

    sachchai ho nyaya dinu dhilo garnu bhaneko nyaya din inkar garnu ho. yo mero bhanai hoin kanun ko samsaar bhar manya kanuni siddhaant ho.

    Reply

Leave a Reply