६२ बर्सिय आमा जसले बुलेट बाइक चढेरै घुमीन नेपालको १६ जिल्ला ( भिडियो )

प्राय महिलाले मोटरसाइकल चलाएर हिडेको धेरै देखिन्न। पुरुषप्रधान समाज रहेको नेपालमा महिलाले मोटरसाइकल चलाएर हिड्न विभिन्न अबरोध समेत छन्। तर अक्सर महिलाहरु स्कुटर चाहि चलाएर हिडेको देखिन्छ। तर एक महिलाले पुरुष भन्दा पनि खतरनाक तरिकाले बाइक चलाएर हिद्छिन भन्ने देख्दा सुन्दा तपाइलाइ अचम्म लाग्ला। अझ ६२ बर्षीय एक महिलाले बुलेट बाइक चलाएर देशको १६ जिल्ला घुमिसकेको छ भन्दा हर कोहि छक्क पर्छन। ६२ बर्षीय पुष्पलता आचार्यको कहानी यो हो।

उनले हेवी बुलेट बाइक छाडेर हिडेको देख्दा देख्नेहरु टक्क अडिएर जिब्रो टोक्दै छक्क पर्छन। हेभी बुलेट बाइकको भुटुटु.. आवाज गर्दै ६२ वर्षिया पुष्पलता आचार्य कतै जान आफ्नो बाइक प्रयोग गर्छिन। आफ्नो छोरा हरुसँग राइडमा गएको बेला स्कुटर चलाउँदा आफूलाई दुख लागेको उनी बताउँछिन। स्कुटर चलाउँदा अरुले उछिनेर गएको देखेर खिन्न भएर बाइक चलाउन सिकिन।

अहिले उनी छोरासँगै उनका साथीहरुसँग राइडमा गइरहन्छिन। उनले बाइकबाटै १६ वटा जिल्ला घुमिसकेकी छन। अब भारत जाने सोच बनाएको उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *