य़ुट्युबमा आकास र पुजाको नया चलचित्र ‘ रामकहानी’ सार्बजनिक……… हेर्नुस पुरा फिल्म

नेपाली चलचित्रका दर्शकहरुका लागि नया चलचित्र ‘ रामकहानी’ सार्बजनिक भएको छ। आकास श्रेष्ठ र पुजा शर्माको प्रमुख अभिनय रहेको चलचित्र रामकहानी युट्युब्का दर्शक हरुका लागि फिल्म मा सार्बजनिक गरिएको छ। केहि महिना अघि चलचित्र हलमा प्रदर्शन भएको यस चलचित्रले दर्शकहरुको मन जित्न सफल बनेको थियो। माग्ने बुढो केदार घिमिरेको सहित विल्सन बिक्रम राइको समेत यस चलचित्रमा प्रमुख भूमिका रहेको छ। कमेडी का साथै प्रेम कहानीमा आधारित यस चलचित्रमा हरर समेत रहेको छ।

यस चलचित्रमा पूजा शर्मा, आकास श्रेष्ठ, प्रसाद घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राइ, रबिन्द्र झा, राजाराम पौडल, शिशिर राना, सोभित बस्नेत, बिशाल पहरी, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। सुदर्शन थापाको कथा र निर्देशन मा बनेको चलचित्र रामकहानी लाइ सौरभ लामाले खिचेका हुन् भने पुजा शर्मा र सुदर्शन थापाको लगानीमा यो चलचित्र बनेको छ।

यो फिल्म यस अघि आइफ्लिक्स का दर्शकको लागि उपलब्ध रहेको थियो।

हेर्नुस पुरा फिल्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *