‘हैट’ बुद्धि र ‘फुलन्देकी आमा’ यस्तो रमाइलो गीत सार्बजनिक………भिडियो

‘हैट’ का नामले चिनिने चर्चित हास्य कलाकार बुद्धि तामाङ र ‘फुलन्देकी आमा’ अर्थात् उमेश राईको नया कमेडी गीत बजारमा आएको छ। गीतमा हैट लाइ ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन्।

तर यो धम्की भने यी दुइ जना अभिनित गीतको भिडियोमा दिइएको हो। मिन गुरुङ र बिना भट्टराईले गाएको यस गीतमा हैट र ‘फुलन्देकी आमा’को अभिनय रहेको छ। रोमान्टिक कमेडी सैलिमा तयार पारिएको यस गीत ‘बुढेशकालको लौरी’ मा बुद्दि र फ़ुलन्देलाइ जोडी बनाइएको छ । अहिले को समयमा बुद्धि तामाङ्ग चलचित्र क्षेत्रमा जल्दा बल्दा कमेडियन हुन् भने र फ़ुलन्देकि आमाको सानो पर्दामा चर्चा रहेको कमेडियनको रुपमा हेरिन्छ।

नया लोक आधुनिक गीत बजारमा आउने क्रममा छ। यसै क्रममा बुद्धि र फ़ुलन्देको यो नया गीत पनि बजार मा आएको हो। केहि नौलो सैलिमा देखिएको यस गीतलाई दर्शकले मन पराएको छ। गायक मिन गुरुङ र गायिका बिना भट्टराईले आवाज दिएको यस गीतलाई चर्चित संगीतकार दीपक शर्माले लेखेका छन् भने संगीत समेत स्वयम् ले नै दिएका छन् ।युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन्। यस भिडियोलाइ फुलेन्देको आमा नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *