सुनको मूल्य बढ्ने क्रम कायमै , प्रति तोला ६५ हजार ५ सय पुग्यो

सुनको मूल्यमा नया रेकर्ड कायम हुने क्रम जारि छ। अहिले सम्मको उच्च मूल्य ६५ हजार पुगेको सुनको मूल्य मंगलबार अझै बढेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारका दिन छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय पुगेको हो। मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

गत बिहीबार देखि आकासिन थालेको सुनको मूल्य अझै बढ्ने क्रम जारि छ । सुनको मुल्यमा अझै वृद्धि हुन् सक्ने ब्यबसायीको भनाइ छ। लामो समय देखि ६० हजारको आसपासमा रहेको सुनको मूल्य केहि दिनमै बढेर ६५ हजार ५ सय पुगिसकेको छ। सुनको मूल्यमा वृद्धि हुन थालेपछि अधिकांस सुन पसलमा ग्राहक देखिन छाडेका छन्। ग्राहक हरु पर्ख र हेर को स्थितिमा छन्। अहिले को समयमा किन्नेको भन्दा पनि पुराना गहना बेच्नेहरुको भिड लागेको छ ।

सुनको मूल्य वृद्धि नेपालमा मात्रै होइन विश्व बजारमा भैरहेको व्यवसायीको भनाइ छ। अमेरिका इरान तनाब र अमेरिका चीन बिचको ब्यापार युद्ध का कारण सुनको मुल्यमा वृद्धि भएको बताइएको छ। यी देशहरुका बीच तनाब बढ्दै गए सुनको मूल्य अझै बढ्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *