सुनको मूल्य घट्यो , यस्तो छ आजको सुनको मूल्य

हिजो मंगलबार सम्म निरन्तर रुपमा बढिरहेको सुनको भाउ आज बुधबार घटेको छ। आज नेपाली बजारमा सुनको मूल्य हिजो मंगलबारको तुलनामा प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । तेजावी सुन प्रति तोलामा ६४ हजार ७ सय कायम भएको छ ।

आज बुधबार चाँदीको मूल्यपनि कमि आएको छ। प्रतितोला ५ रुपैयाँले घटेर चादी ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । पछिल्लो एकसाता लगातार रुपमा बढिरहेको सुनको मूल्य घटेको हो। अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको कारण नेपालमा त्यसैको असर देखिएको ब्यबसायिकी भनाइ छ। बिहेको सिजन भएपनि सुनको मुल्यमा अत्याधिक वृद्धि हुदा सुन पसलमा ग्राहक हरु भने देखिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *