सुनको मूल्यले नया रेकर्ड बनाउदै, आइतबार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ। शुक्रबार ६५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य आइतबार तोलामै ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी माहासंघको अनुसार आइतबार छापावाला सुन प्रतितोला ६६ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजावी सुन ६६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

यो नेपाली बजारमा हासम्मकै महंगो मूल्य हो। बिहीबार ६५ हजार रुपैयाँ रहेको सुनको भाउ शुक्रबार ८०० रुपैयाँले बढेर शुक्रबार सम्मकै महंगो मूल्य ६५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले आइतबार प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ८४० रुपैयाँ कायम गरेको छ भने तेजाबी सुनको मूल्य प्रति १० ग्राम ५६ हजार ५८५ रुपैयाँ कायम गरेको छ ।

सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध पनि एक हो। अमेरीकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउदा त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुनको मूल्य बढ्दै गएको हो । सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ । त्यसैगरी चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेर ७७५ रुपैयाँमा करोबार भइरहेको माहासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ७७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *