सीपीएल टि-२० खेल्न सन्दिप लामिछाने महँगो मूल्यमा छनौट

नेपाली स्पिनर सन्दिप लामिछाने टि २० क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सिपिएलमा महँगो मुल्यमा बिक्रि भएका छन्। नेपाली खेलाडी सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले खेलाडी छनौटका दौरान इंग्ल्याण्डमा जारि ड्राफ्टमा महँगो मूल्य चुकाउदै यो सिजनका आगि खरिद गरेको हो ।

सन्दिपलाइ बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर तिरेको हो। सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। सीपीएल ड्राफ्ट अन्तर्गत क्रिकेटर सन्दिप पाँचौ चरणमा चुनिएका हुन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए। ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *