सालको पातपछि बसन्त थापाको नया गीत ‘उडायो हुरीले’ सार्बजनिक……… भिडियो

लोकदोहोरी क्षेत्रमा नाम चलेका सर्जक बसन्त थापाको नया शृजना बजारमा आएको छ। निकै सफल गीत संगीत दिइसकेका सर्जक वसन्त थापाको नयाँ गीत ‘उडायो पात हुरीले’ सार्वजनिक भएको छ। बसन्त थापाले उक्त गीत ‘उडायो पात हुरीले’ लाइ आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्। यस गीतमा वसन्त थापा संग मेलिना राइले आवाज दिएका छन्।

नवराज पन्तले लेखेको यस गीतलाई बसन्त थापा आफैले संगीत भरेका छन्। यस गीतको एरेन्ज भने आशीष अविरलले गरेका छन्। यस गीतमा मोडल सुनिल क्षेत्रीको र एलिसा शर्माको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। ज्ञानेन्द्र शर्मा हुमागाईको सिनेमाटोग्राफी रहेको गीतलाई विकास ज्ञवालीले एडिटिंग गरेका छन् ।

लोकप्रिय सर्जक बसन्ता थापाले यस अघि ‘उही खोलीमा माछी’, ‘जाम सुस्तै’, ‘सालको पात टपरी हुने’ लोभी आखाँ जस्ता लोकप्रिय हिट गीत संगीत दिएका छन् भने अभिनय समेत गरेका छन्। अहिले सम्म बसन्त थापाको गीतहरूलाइ दर्शकले अत्याधिक रुचाउदै आएको छ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *