सारेगामापामा चर्चा कमाइरहेकी मेनुकाको नया गीत सार्बजनिक ( भिडियो सहित )

मेनुका पौडेलको नया गीत सार्बजनिक भएको छ। नेपाल आइडलबाट गायन रियालिटी शोमा भाग लिन सुरु गरेकी मेनुका पौडेलको अहिले चर्चा अत्याधिक छ। नेपाल आइडलमा बिजेता बन्न नसकेपनि सबैको प्रिय बनेकी मेनुका अहिले भारतको चर्चित रियालिटी सो सारेगामापामा टप ११ सम्म पुगिसकेकी छिन। करोडौ उत्कृस्ट गायक भएको देश भारतमा सबैलाई पछि पर्दै टप ११ सम्म पुग्नु आफैमा सानो कुरा भने हैन।

भारतीय रियालिटी सो मा यति माथि पुगेको सायद मेनुका पहिलो नेपाली गायक हुनु पर्छ। यसै क्रममा मेनुका का स्वर मा सजिएको अर्को नया गीत् आएको छ। एक पछि अर्को धमाकेदार प्रस्तुती दिदै सबैलाइ चकित पर्दै अघि बढिरहेकी उनले जसरि रियालिटी शो मा जजहरु र ज्युरी मेम्वर सर्प्राइज गरेकी छिन तेसरी नै नेपाली संगीत प्रेमी लाइ पनि सर्प्राइज गरिरहेकी छिन। मेनुका पौडेलले एऊटा बिल्कुलै फरक धारको गीत यस्तो गीत सार्वजनिक भएको छ।

यु ट्युवमा सार्बजनिक गरिएको ‘ मन आफै छल गर्दैन ‘ बोलको गीत भिडियो लिरिकल रहेको छ जसलाई धेरैले मन पराऊने आशा गरिएको छ । एक्स्टिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई संगितकार हरि लम्सालको संगित दिएका छन् भने प्रभात किरणको सब्द रचना रहेको छ। यसको अरेन्ज भने देवेन्द्र नेवाले गरेका हुन । हाम्रालाई मात्र राम्रो भन्ने लालची आँखा र लोभि मन भन्ने संदेश बोकेको यो गीतले समाजमा सकारात्मक संदेश दिन खोजेको छ।

सारेगमपाको भोटिङ समय नजिक सार्बजनिक भएको यो गीतले मेनुकाको धेरै फ्यानहरुलाई र शुभचिन्तकहरुलाई भोट समेत गर्न झक्झकाउने आसा गरिएको छ। गीत संगीतलाइ जातियता, क्षेत्रियता र रंगभेद भन्दा माथि उठेर सोच्नु पर्ने बताउदै यसलाई नितान्त कलाकारिता मात्र सोच्नु पर्ने जनाइन। विभिन्न प्रतिस्पर्धामा सहभागी भनेकी मेनुकाले अहिले सारेगामापा मा आफुलाई भोट गर्न समेत् आग्रह गरेकी छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *