साकेला शैलीमा आयो सुष्मा राइको ‘सुन माया’

साकेला लयमा आधारित नया गीत सार्बजनिक भएको छ। गायिका सुष्मा राईको यस गीतलाइ सार्वजनिक गरिएको हो । पूर्वी नेपालको जनजाति राई समुदायको साकेला नाचको लय र शैली समातेर अहिलेको युवा पुस्तालक्षित ‘सुन माया’ बोलको गीत लिएर सुष्मा स्रोता तथा दर्शक माझ आएकी हुन् ।

यस गीतलाई गायिका सुष्मा राइ आफैले लेखेकी छिन भने स्वर समेत गायिका आफैले दिएकि छिन्। यस गीतलाइ कल्याण सिंहले संगीत भरेका छन् । यस गीतको भिडियोमा गायिका आफैले अभिनय गरेकी छिन् र उनलाई रुकमान लिम्बूले साथ दिएका छन्। भिडियो लाइ अनजोन लिम्बूले खिचेको छन भने भिडियोको एडिटिंगको काम विकास दाहालले गरेका छन्। गायिका सुष्माको यस भिडियो लाइ वियोन्डले निर्देशन गरेका छन् ।

यस भिडियोलाई ओएसआरको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *