सन्नी लियोनि संग अनुप विक्रम शाही फिल्म खेल्दै

बलिउडकी हट नायिका तथा पोर्न स्टार सनी लियोनी संग नायक अनुप विक्रम शाहीले चलचित्र खेल्ने भएका छन्। लण्डनमा छायांकन हुने भनिएको एक नेपाली चलचित्रमा सन्नीले अभिनय गर्ने भएकी हुन् । चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनीले महंगो रकम लिएर काम गर्न लागेको बताइएको छ ।

सन्नी लियोनीको साथमा नायक अनुप विक्रम शाही देखिन लागेको यस फिल्मलाई हिन्दि र नेपाली फिल्म कम्पनीको सहकार्यमा बनाउन लागिएको हो। चलचित्रमा नायक अनुप विक्रम शाही लगायत नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झाको मुख्य भूमिका रहने जनाएको छ।

चलचित्रको भूमिका बारेमा धेरै कुरा खुलाउन नमिल्ने भन्दै अनुप विक्रम शाहीले सन्नी र आफ्नो धेरै सिन रहेको बताए। यस चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएको छ । यस चलचित्र निर्माणका लागि प्राविधिकदेखि चलचित्र बनाउन प्रयोग हुने सम्पूर्ण सामाग्री भारतबाटै लगिने बताइएको छ।

चलचित्रका छयाकनका लागि नायिका सन्नी लियोनी केही दिनमा लण्डन पुग्दैछिं भने नायक शाही पनि केही दिनमा लण्डन पुग्ने जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *