सडक खन्ने काम गर्दा पहिरो झरेर २ जना पुरिए

सडक खन्ने काम गर्दै गर्दा पहिरो झरेर २ जना पुरिएका छन्। डोजरले बाटो खन्दा मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका—८ ठुलो टोडकेमा माथिबाट झरेको पहिरो ले २ जनालाई पुरेको हो। पहिरोले डोजरको आधी भाग पुरिएको छ ।

सिलाधुनीबाट ठुलो टोडके पुग्ने कृषि सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर डोजरको सहायक चालकद्वय २३ वर्षीय सन्दिप श्रेष्ठ र १७ वर्षीय रोशन वुढाथोकी पुरिएका छन् । डोजरको ब्रेक्ररको भाग पुरिएको छ, तर चालक भने सुरक्षि रहेका छन् ।

‘ब्रेक्ररले थाहा पहरा फोड्ने क्रममा एक्कासी माथिबाट ठुलो पहिरो खसेको हो,’ स्थानीय हस्तबहादुर मोक्तानले भने, ‘ब्रेक्रर नजिकै रहेका श्रेष्ठ र बुढाथोकीलाई माथिबाट आएको पहिरोले पुर्‍यो ।’ अहिलेसम्म उनीहरुलाई पहिरोबाट उद्धार गर्न सकिएको छैन । गाउँलेहरुले इप्रका मनहरीलाई खबर गरेका छन् ।

प्रहरी निरिक्षकको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । मनहरीबाट घटनास्थल पुग्न हलुका सवारी साधनमा करिब ३ घन्टा लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *