शत्रु गतेको सफलता पछि मह जोडीको ‘ दाल भात तरकारी ‘ को छायाकन सुरु

शत्रु गतेको अपार सफलता पछि मह सञ्चारले अर्को चलचित्र ‘दाल भात तरकारी’ बनाउन सुरु भएको छ। वरिष्ठ हास्य कलाकार हरिवंशको ६१ औं जन्मदिन पारेर नया चलचित्रको शुभ– मुहूर्त गरिएको हो।

रेडियो अडियोको कार्यलयमा केक काटेर हरिबंशले आफ्नो जन्म दिन मनाएका थिए । चलचित्रको सुभ मुहुर्तमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार बसुन्धरा भूषाल, राजाराम पौडेल, पुष्प खड्का र आँचल शर्मा लगायतको उपस्थिती रहेको थियो ।

चलचित्र ‘दाल भात तरकारी’ आउँदो शनिबार देखी छायाँकनमा जाने भएको छ। किरण केसीको लगानी मा निर्माण हुन लागेको चलचित्रलाइ किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्ने छन् भने यस चलचित्रमा अभिनेत्री निरुता सिंहको समेत अभिनय रहने भएको छ । त्यस्तै प्रियंका कार्की, बर्षा राउतको समेत चलचित्रमा अभिनय देख्न पाइने भएको छ। कमेडी जनरामा निर्माण हुने यस चलचित्रको रिलिज बैशाख १३ गतेदेखि हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *