विषालु च्याउ खाएर बिरामी परेका ११ जनामध्ये ३ को उपचारकै क्रममा निधन

बिषालु च्याउ खाएर बिरामि परेका मध्ये ३ जनाको ज्यान गएको छ। विषालु च्याउ खादा गत शुक्रबार देखि बिरामी परेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममा निधन भएको हो। काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका मध्ये थप तीन जनाको निधन गए राति भएको हो । गएराति मृत्यु हुनेमा पाल्पाका पूर्ण सिंह खाम्चा मगर, निशा सिंह ठकुरी र सुमन सिंह ठकुरी रहेका छन्।

दुई दिन अघि निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने निर्मला सिंह ठकुरी र विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

विषालु च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । बिरामीहरु मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *