विश्व कप २०१८ को लाइभ यी ४ वटा नेपाली च्यानलमा हेर्न सकिने

आज बाट सुरु हुदैछ फिफा विश्व कप २०१८ को खेल। ४ बर्षपछी हुदै गरेको यो फुटबल खेल को महा उत्सब को पर्खाइमा बसेका लाखौ करोडौ दर्शक हरु यो खेल लाइभ हेर्न चाहन्छन। आखिर नेपाल मा बसेर कसरि र कुन टिभि मा हेर्न सकिन्छ लाइभ यस बारेमा जाने मन होला तपाइहरुलाइ।

फिफा विश्व कप २०१८ को लाइभ विश्व भर देशै पिछे फरक फरक च्यानलले प्रस्तुत गर्दछ। नेपालको लागि भने फिफा विश्व कप २०१८ आधिकारीक साझेदार मिडिया हब बनेको छ। मिडिया हबकै साझेदारीमा नेपालकमा ४ वटा नेपाली च्यानलबाट फिफा विश्व कप २०१८ खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ ।

संसार भर फुटबलको जादु चलिरहेको समयमा मिडिया हबले नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसबाट नेपाली फुटबल फ्यानहरुका लागि विश्व कप प्रसारण गर्ने भएको हो ।

यो प्रशारणमा अर्घाखाँची सिमेन्ट, बजाज पल्सर एन.एस. २००, कोका कोला र राईनो ५०० डिक, क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र जुपिटर क्लासिकको साथ तथा साझेदारी रहेको छ ।

अहिले सम्म सधै बिदेशी च्यानल मा विश्व कप हेर्न निर्भर हुनुपर्ने समय परिबर्तन भएको हो। अब नेपालीहरुले विश्व कप प्रत्यक्ष प्रसारण नेपालकै आफनै च्यानल मा त्यो पनि एचडी मा हेर्न पाउने भएको हो। विश्वकप २०१८ को आयोजक रसियामा पहिलो खेल आज बिहिबार बाट सुरु हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *