लघुवित्त बित्तिय संस्थाहरु धमाधम आइपिओ जारी गर्दै

पछिल्लो समय लघुवित्त संस्थाहरुको आइपिओ धमाधम जारी हुन् थालेका छ । अघिल्लो हप्ता मात्र सर्बसाधारणको लागि सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गरिसकेको छ।

सामुदायिक लघुवित्त पछि अर्को चौतारी लघुवित्तले आउदो १९ गते देखि साधारण सेयर जारी गर्ने भएको छ । त्यसै गरि चौतारी लघुवित्त पछि गणपति लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाले आइपिओ जारि गर्दै छ । गुराँस लघुवित्तले आईपीओ जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धसमेत नियुक्त गरिसकेको छ ।

सार्बसाधारण का लागि गुरासले २ लाख ५० हजार कित्ता शेयर जारि गर्ने भएको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, जारी पूँजी ७ करोड ७५ लाख र चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपश्चात संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *