राष्ट्रपतिलाई १८ करोडको गाडीको सन्दर्भमा माग्ने बुढोको झट्का

पछिल्लो समय सामाजिक संजाल मा तातिएको बिषय हो राष्ट्रपतिको लागि १८ करोडको गाडी। सरकारले खरिद गर्ने निर्णय गरेको यस गाडीको बिरोध सर्बत्र भैरहेको छ। आम जनताले देश अनुसारको भेस हुनु पर्ने भन्दै सामाजिक संजाल बिरोधको स्वर उठाइरहेको बेला विभिन्न व्यक्तिहरुले सेलेब्रिटिहरुले पनि आफ्नो बिरोधको स्वर उठाइरहेका छन्। राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने कुरामा सर्बसाधारणहरुले बिरोध गरिरहेकै छन् यो सम्बन्धमा बिभिन्न टिकाटिप्पणी हरु भैरहेका छन्।

यसै सन्दर्भमा केहिदिन अघि नायिका रेखा थापाले राष्ट्रपतिलाई महिलाको अवस्था सोध्दै दमदार प्रश्न गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन् । त्यस्तै गरि हास्य कलाकारले जिग्रीले पनि १८ करोडको गाडीको सम्बन्धमा व्यंग्य प्रहार गरेका थिए।

आज अर्का हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले रास्ट्रपतिको लागि १८ करोडको गाडीको बिषयलाइ लिएर व्यंग्यात्मक विरोधको स्टाटस पोस्ट गरेका छन्।

केदार ‘ माग्ने बुढो ‘ ले गाडीलाई कसौडिको संज्ञा दिदै आफ्नो फेसबुक पोस्टमा यसरि पोस्ट गरेका छन् । ‘घरमा सबैलाई पुग्ने चामल नै छैन भने महंगो कसौंडी किन किन्ने ? #बिलासी_गाडी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *