रणबिर कपुरको ‘सञ्जू’ फिल्मको कमाइ ५०० करोड माथि

बलिउड नायक सञ्जय दत्तको जिबनिमा आधारित चलचित्र ‘सञ्जू’ ले ५०० करोड माथिको ब्यापार गरेको छ। संजय दत्तको भूमिकामा देखिएका रणबीर कपूरको यस चलचित्रले धमाका कलेक्सन गर्दै ५ सय भन्दा बढी कमाइसकेको छ भने यसको कमाइ अझै पनि रफ्तारमै चलिरहेको छ ।

फिल्म रिलिज भएको दोस्रो हप्ता सम्म आइपुग्दा फिल्मले भारत र ओभरसिज समेत को कलेक्सन जोड्दा ५००.४३ करोड रुपया आम्दानि गरेको हो । भारतमा ४ हजार स्क्रिनमा रिलिज गरियो भने ओभरसिजमा १३ सय स्क्रिनमा फिल्म रिलिज गरिएको थियो । फिल्मले भारतमा मात्र अहिलेसम्म २९५ करोड कमाई गरेको छ।

संजय दत्तको जीवनका घटनाहरुलाई कथामा उतारिएको यस चलचित्रमा रणबीर कपुरले प्रमुख भूमिका गरेका छन् भने परेश रावल, मनीषा कोईराला, सोनम कपूर र अनुष्का शर्मा लगायतले अभिनय गरेका छन्। यस चलचित्रलाई राजकुमार हिरानी निर्देसन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *