युवतीलाई सुई हानेको भनिएका खगेन्द्र निर्दोष, पहिलो पटक बोले मिडियामा ( भिडियो सहित )

सोमबार धुलिखेल अस्पतालमा बिरामी आफन्त भेट्न हिँडेका खगेन्द्र पाठक बीचबाटोमै एक महिलालाई ‘सिरिन्ज आक्रमण’ गरेको आरोपमा मुछिए।घटनाको अनुसन्धान नै हुन नपाई बसका यात्रुहरूले उनीमाथि कुटपिट र दुर्व्यवहार गरे। पाठकले काभ्रे प्रहरीसमक्ष आफूलाई निर्दोष साबित गराउन एक दिन पूरापूर संघर्ष गर्नुपर्‍यो। अन्तत: मंगलबार प्रहरीले उनलाई निर्दोष भन्दै ‘सम्मानपूर्वक’ छाडेको छ।

वालिङ-१३, खानीडाँडाको श्री सरस्वती उच्च माविमा पढाइरहेका पाठक लोकसेवाको प्रारम्भिक सहायक पदका लागि जाँच दिन असार ६ गते काठमाडौं आएका थिए। सुन्धारामा दाइ नाता पर्नेको गेस्ट हाउसमा बस्थे। अचानक धुलिखेल अस्पतालमा ठूलीआमाका छोराको अपरेसन छ भन्ने खबर पाएपछि सोमबार धुलिखेल हिँडे।बनेपामा केही समय गाडी रोकियो। यात्रु चढ्ने-ओर्लिने क्रम जारी थियो। उनी बसेको सिटअगाडि एक जना युवती थिइन्। ती युवतीसँगै एक जना महिला पनि थिइन्। उनीहरूबीच केही अगाडिदेखि काठमाडौंमा पछिल्लो समय हल्ला चलेको ‘सिरिन्ज आक्रमण’ बारे कुराकानी भइरहेको थियो।‘ती महिला को थिइन् थाहा भएन, न युवतीकै विषयमा मलाई थाहा भयो,’

पाठकले भने, ‘अचानक त्यही कुरा चलिरहँदा मलाई युवतीले सिरिन्ज घोचेको आरोप लगाउनुभयो।’ती युवतीले आफूमाथि ‘सिरिन्ज आक्रमण भयो’ भन्दै पछाडि फर्केर पाठकतिर इसारा गरिन्।युवतीले पाठकलाई बोल्ने मौकै नदिई एकोहोरो आरोप लगाएपछि बसको माहोल बिग्रियो। आफूमाथि अनाहक लान्छना लागेपछि पाठक बनेपामै ओर्लिन खोजे। तर, यात्रुको भीडले उनलाई घेरिहाल्यो।उनी ओर्लिन नपाउँदै सबैले हातपात गरे।’त्यत्रो भीडमा म एक्लो थिएँ,’ पाठकले भने, ‘त्यहाँ मेरो कुरा सुन्ने कोही थिएन।’हातपात र मुक्का बजारिएकै बखत गाडीको ढोकाबाट निस्किएर उनले गुहारे, ‘मलाई बचाउनुहोस्।’

भीडको बीचमा वरिपरिका कोही उनलाई बचाउन अघि सरेनन्। ‘मैले हैन हैन भनिरहेको थिएँ, तर आक्रमण रोकिएन, ज्यान जोगाउनै मुश्किल भयो, प्रहरी आएर मलाई उद्धार गर्‍यो,’ पाठकले भने।प्रहरीले उनलाई भीडबाट छुटाएर कार्यालयतिर लग्यो। उनीमाथि सोधपुछ सुरू भयो। ‘किन सिरिन्ज हानेको’ भन्दै एकोहोरो प्रश्न गरियो।’मैले होइन, होइन भनेर प्रतिवाद गरिरहेँ, तर प्रहरीले छाडेन। ती युवती पनि प्रहरी कार्यालयमै थिइन्। उनले यही मान्छे हो भनेर किटान गरिन्,’ पाठकले भने, ‘उनले बिनासित्ति किन त्यस्तो आरोप लगाइन् भनेर म आश्चर्यमा थिएँ, त्यसमाथि सिरिन्ज भनेपछि प्रहरीले केरकार गर्न थाल्यो।’यति हुँदाहुँदै प्रहरी समयमै आइपुगे काले ‘भीडको शिकार हुनबाट जोगिएको’ उनी बताउँछन्। मलाई सिरिन्ज आक्रमणकारी भनी मिडियामा समाचार आएछ, असाध्यै दु:ख लाग्यो,’ उनले भने।

अनुसन्धानबाट ‘सिरिन्ज आक्रमण’ नभएको निश्चित भएपछि काभ्रे प्रहरीले मंगलबार साँझ पाठकलाई रिहा गरेको छ। यदाकदा प्रहरी पनि भीडको पछि लाग्दा मुद्दाको प्रक्रियामा निर्दोषहरू पनि फस्छन्। कसैमाथि आरोप लाग्यो भन्दैमा हामीले उहाँमाथि गैरकानुनी तवरले कारबाही गर्न हुँदैन, हामीले यो धर्म निर्वाह गरेका छौं,’ सापकोटाले भने, ‘निर्दोष व्यक्तिलाई स-सम्मान रिहा गरेर आफ्नो कर्तव्य पूरा गर्‍यौं

भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *