युक्रेनका रास्ट्रपतिले भने : कार्यालयमा मेरो होइन जनताको बच्चाहरुको तस्बिर राख्नू

युक्रेनका नवनिर्वाचित ४९ वर्षिय राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशका कुनै पनि कार्यालयमा आफ्नो तस्वीर नझुण्ड्याउन निर्देशन दिएका छन् । आफु कुनै आइकन नभएको भन्दै आफ्नो झुन्ड्याउनुको साटो जनताको बच्चाको तस्बिर राख्न भनेका हुन्। रास्ट्रपति भोलोदमिर जेलेन्स्कीले आफ्नो हैन जनताको तस्बिर हेर्न चाहेको बताएका हुन्।

निर्वाचित भएको १ महिनापछि पद तथा गोपनियताको सपथ लिएका जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आफ्नो तस्वीर नझुण्ड्याई त्यहाँका जनताका बच्चाको तस्वीर राख्न निर्देशन दिएका हुन् । आफ्नो ठाउँमा राखेको जनताको बच्चाहरूका तस्वीर हेरेर हरेक निर्णय गर्न राष्ट्रपति जेलेन्स्कीले भने । राष्ट्रपतिको निर्बाचनमा सबै प्रतिष्पर्धीलाई पछि पार्दै चुनाव जितेर सबैलाइ आश्चर्यमा पारेका जेलेन्स्कीले पदभार सम्हाल्दै आफु सबै युक्रेनीको राष्ट्रपति भएको पनि स्पस्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *