भ्रस्टाचारी बिरोधि अभियानका ज्ञानेन्द्र शाही पोखराबाट गर्जिए ! यसरि तात्यो माहोल ( भिडियो सहित )

भ्रस्टाचार बिरुद्धको अभियान अन्तर्गत संचालनमा आएको ‘ नेपालका लागि नेपाली ‘ को कार्यक्रम पोखरा मा भएको छ। देशभर बिभिन्न शहरमा आफ्नो कार्यक्रम गर्दै अघि बढिरहेको नेपालका लागि नेपाली अभियानले नेपालमा बिध्यमान भ्रस्टाचार बिरुद्ध आफ्नो आवाज बुलन्द रुप मा उठाउदै आएको छ। यसै क्रममा पोखरामा भएको आजको कार्यक्रममा पोखराबाट अभियन्ता ज्ञानेन्द्र शाही भ्रस्टाचारीलाइ सपोर्ट गर्ने पनि भ्रस्टाचारी हो भन्दै गर्जिए।

यस अभियान अन्तर्गत जोडिएका विभिन्न अभियन्ताहरु ले आजको कार्यक्रममा बोलेका थिए। अभियानका प्रमुख अभियन्ता ज्ञानेन्द्र शाही, बरिस्ठ अधिबक्ता सुरेन्द्र भण्डारी लगायत विभिन्न बक्ताले आफ्नो धारणा राख्दै भ्रस्टाचार बिरुद्ध आफ्नो आवाज उठाउन सबैलाई अपिल समेत गरे। नेपालका लागि नेपाली कुनै पार्टी नभएको यो एक अभियान मात्र रहेको र यसको उदेश्य देशमा रहेको भ्रस्टाचार बिरुद्ध लड्ने समेत आजको काय्रक्रम्मा बताइयो।

देशले नेपाली जनतालाइ बिदेशमा बेचिरहेको भन्दै अभियन्ता ले ज्ञानेन्द्र शाहीले देशमै रोजगारी हुनु पर्नेमा आवाज उठाए। १८ बर्ष पुग्न नपाउदै एक चेली अरबको खाडीमा जान बाध्य हुन्छे , २२ बर्ष नहुदै एक युबा मरुभूमिमा जान पर्ने दुखद घटनाको अन्त्य हुनु पर्नेमा जोड दिए। यसै क्रममा पोखराको फेवा ताल अतिक्रमण हुदै जमिन तिन गुणाले घटेको बारेमा समेत सबैलाई जानकारी गराए भने पोखराको बेरुजु लगायतको बारेमा सबै जानकारी गराए।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *