भावुक हुदै रवी लामिछानेले लाइभ आएर यस्तो भने ! सन्दर्भ : शालिकराम पुडासैनी .. भिडियो

चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पूर्व सहकर्मीको मृत्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आपत्ति जनाएका छन् । बारम्बार आफु र आफ्नो टिम माथि चरित्र हत्या गर्ने कोसिस हुने गरेकोमा दुख मनाही गर्दै आपत्ति जनाए।

चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृत फेला परेको घटनामा आफ्नो नाम छोडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उनले पत्रकार पुडासैनीको मृ’त्युको खबरले आफू दुखित भएको बताए । रबि लामिछानेले आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने कोसिस गरेको भन्दै आपत्ति जनाएका हुन्। पुडासैनी र आफ्नो टिमको राम्रो सम्बन्ध रहेको बजार मा हल्ला चलाए जस्तो केहि नभएको बताउँदै रविले उनको मृत्युबारे चाँडै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग अनुरोध गरेका छन् ।

बुधबार अपरान्ह फेसबुक लाइभमा आएका रवि लामिछाने भावुक हुँदै दुई महिना अघि न्यूज २४ छाडेर गएका पुडासैनीसँग राम्रो सम्बन्ध रहेको र उनी आफू खुसी नै माउन्टेन टेलिभिजनमा गएको जानकारी दिए । सो घटनाको अनुसन्धानमा सहयोग गर्न प्रहरीलाई बयान दिन आफू र आफ्नो टिम जहाँ भने त्यहीँ जान तयार रहेको बताएका उनले यस घटनाको विषयलाई लिएर पटक पटक प्रहरीको सम्पर्कमा गएको जानकारी दिए ।

हेर्नुहोस रवीको भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *