भाग्यले ठगिएकी तुलसालाई भाग्य न्यौपाने पुगे यस्तो सहयोग दिन (भिडियो हेर्नुहोस)

काभ्रेकी तुलसा कार्की जसको जन्मदा नै दुबै हात छोटा थिए । त्यसैको कारणले गर्दा समाजको हेला समेत सहनुपर्‍यो । गाउघर तथा बिबाह जस्ता शुभ कार्यहरुमा उनी कहिलै जादिनन किनकी उनी गएको त्यस्तो कार्यमा राम्रो हुदैन भनिदो रहिछ । उनले सानै देखि दुखा पाईन । केही बर्ष सम्म बाबू संगै मागेर हिडिन । अहिले उनी स्नातक तह प्रथम बर्षमा अध्ययनरत छिन । केही महिना अघि भाग्य न्यौपानेले उनको पहिलो भिडियो लिगेका थिए । अहिले फेरि भाग्य न्यौपाने तुलसालाई सहयोग गर्न र तुलसाको अबस्था बुझ्न उनको घर सम्म पुगेका छन ।

तुलसाको उक्त भिडियो हेरेपछी जिवनमा केही परिवर्तन आए । क्याम्पसमा छात्रवृत्ति मिल्यो । आर्थिक सहयोग मिल्यो । १ बर्स सम्म भर्ना फि बुझाएर अरु शुल्क छुट हुने गरि पढेकी तुलसाको अब भने क्याम्पसमा निशुल्क पढ्न पाउने भएकी छिन । केही हप्ता अघि मात्र क्याम्पसले उनको स्नातक तहको निशुल्क पढाइको निर्णय लिएको थियो । यो संगै उनलाई आर्थिक सहयोग पनि मिलिरहेको छ । यसै भिडियोमा भाग्य न्यौपानेले समेत केही सहयोग गरे । साथै उनको सहयोगको लागि एक वृद्ध बुबा समेत आउन ईच्चुक भएको र भेटेर सहयोग गर्ने बताए ।

विभिन्न प्रतिभालाई प्रस्तुत गर्ने, विभिन्न ब्यक्तिहरुलाई सहयोग गर्ने भाग्य सबैको दुखी ब्यक्तिहरुको भाग्य बन्न सफल भएका छन । यदि कोहि उनलाई सहयोग गर्न चाहेमा फोन सम्पर्क गरि सहयोग गर्न अपिल गरिएको छ। त्यसका लागि ९८२४९७७५२३ मा सम्पर्क गर्न सकिनेछ।

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *