भद्रगोलमा भित्रिइन मुन्नी , एकै भागमा चर्चित हुने को हुन् मुन्नी ? हेर्नुस भिडियोमा

नेपालको चर्चित र लोकप्रिय हास्य कार्यक्रम भद्रगोल नहेर्ने र मन नपराउने को होला ? निकै लामो समय देखि नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको कार्यक्रम भद्रगोलले नेपलि दर्शकहरुलाई हसाउदै आएको छ। हरेक कार्यक्रममा नया नौलो प्रतिभा लाइ समेत ठाउ दिदै आएको यस कार्यक्रमको चर्चा नेपाली दर्शक माझ राम्रो छ। यसै क्रममा हाँस्य श्रृंखला भद्रगोलको पछिल्लो शृंखलामा नयाँ कलाकारको इन्ट्री भएको छ । नेपाल टेलिभिजनमा प्रशारण हुदै आएको भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको आगमन भएको हो।

आखिर को हुन् त मुन्नी ? एक दिनमै १४ लाख बढी भ्युज पाइसकेको यस एपिसोडमा मुन्नी देखिएकि थिइन। मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य हो । भद्रगोलमा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् ।युट्युवमा अपलोड गरिएको भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । अधिकांश दर्शकले उनको मज्जाले तारिफ गरेका छन् ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *