बुटवलका यी दाजुभाईको चमत्कार : नेपाली भाषा बुझ्ने र नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाए

१ बर्ष अघि गोगो रोबर्ट बनाएका बुटवलका दुई जुम्ल्याहा दाजुभाईले नया रोबर्ट बनाएका छन्। उनीहरुले बनाएका रोबर्टले नेपाली भाषा बुझ्न सक्ने र नेपालीमै जवाफ फर्काउने खालको बनाएका छन्। यस अघि पनि उनीहरुले गो–गो रोवर्ट बनाएका बनाएर चर्चा कमाएका थिए। उनीहरुले बनाएको यस रोबोर्टलाइ “लबकुश मार्स रोवर्ट” नाम दिइएको छ। मंगल ग्रहमा हिड्ने रोवर्टबाटै प्रभावित यी दाजुभाईले नेपाली भाषा बुझ्ने रोवर्ट नेपालमै पहिलो पटक बनाएका हुन् ।

बुटवलको नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय बाट एसईई दिएका उनीहरुले एसईई पछिको समयलाई सदुपयोग गर्दै यो रोवर्ट बनाएका हुन । यी दाजुभाइले यस अघि बनेको गोगो रोबर्टले अंग्रेजी भासा बोल्ने गर्थ्यो र मान्छे समेत चिन्न सक्थ्यो। यस पटक उनीहरुले बनाएको रोबर्ट पहिले को गोगो रोबर्ट भन्दा धेरै फरक भएको बताए।

यी दाजुभाइले बनाएको यो रोवर्टलाई उद्योग विभागमा दर्ता पनि गराएका छन् । रोवर्टमा पाईथम प्रोग्राईमिङ ईन ल्याङवेज द्वारा बनाइएको लुकु सफ्टवेयरको प्रयोग गरीएको उनीहरुले बताए। यस रोबर्टमा रोवर्टमा हाईभोल्टेज मोटरहरु, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरेका छन्। उनीहरुले बनाएको रोबर्टले नेपाली भासा बुझेर नेपाली मै जवाफ फर्काउन सक्ने भन्दै उद्योग विभागमा प्याटन दर्ता गराएका हुन्।

नेपाली भाषामा बोल्ने यस रोवर्टले हात र टाउको चलाउन सक्छ, मान्छे चिन्ने, रंगहरु पत्ता लागउन सक्छ , फोटो खिच्न र शव्दहरु उच्चारण गर्न सक्छ। यो रोबर्ट पांग्राको मद्दतले गुडेर एक ठाउँ देखि अर्को ठाउ सम्म जान सक्छ । उनीहरुले बनाएको यस रोबर्ट लाइ सपिङ महल, बैंकमा सेक्युरिटीको रुपमा राख्न सकिने जानकारी दिएका छन्। यस अघि गोगो रोबर्ट बनाएका उनीहरुले अरुको सलाह सुझाब अनुसार परिमार्जन गर्दै यो रोबर्ट बनाएको बताए। गोगो रोबर्ट बनाएपछि उनीहरुलाई बुटवल उपमहानगरपालिकाले दिएको १ लाख रुपैया र त्यसमा आफैले ४ लाख थप गरी कुल ५ लाखको लगानीमा यो रोबर्ट तयार गरेका बताए ।

राजमार्गमा रोवर्टको माध्यमबाट जुस, कफि विक्री गर्ने योजना उनीहरुले बनाएका छन्। १६ बर्षिय जुम्ल्याहा दाजुभाईले रोबर्ट बनाएर नेपाललाई रोवर्टको देश भनेर चिनाउने योजना बनाउदै अघि बढेका छन्।

One Comment on “बुटवलका यी दाजुभाईको चमत्कार : नेपाली भाषा बुझ्ने र नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाए”

  1. नेपाल मा प्रतिभा को कमी छैन केवल कमी छ त प्रोत्साहन को कमी छ । सरकारी योजना मा खोट छ । अनुसन्धान प्रती को उदासिन ता यस्को कारण हो । आज अमेरिका लाई यो अवस्था मा ल्याउने कुरो मुख्यत्: अनिसन्धान मा लगानी हो । अमेरिका बिस्वबट प्रती बर्ष खर्बौ डलर रोयल्टी खान्छ अनुस्न्धान आबिस्कार लाई प्याटेन्ट गरेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *