बुगीवुगी बिजेता कबिता नेपालीको अभिनयमा नया म्युजीक भिडियो सार्बजनिक

रियालिटी डान्स सो बुगीवुगी कि बिजेता कबिता नेपालीको अभिनयमा नया म्युज्जिक भिडियो सार्बजनिक भएको छ। ममता राई ‘यात्री’ को सब्दमा गायिका मिलन नेवारको आवाजमा नयाँ गीत ‘सातै रंङ्गी’ सार्वजनिक गरिएको छ । एस एम नेपालको युट्युव च्यानल मार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

पवल चाम्लिङ राईको संगीतमा तयार यस गीतलाई उनि आफैले एरेञ्ज पनि गरेका छन् । यस गीतमा बुगीवुगी बिजेता कविता नेपालीले अभिनय गरेकी छिन । उनलाई अभिनय नृत्यमा शम्भूराज राई, मनिष लिम्बु, सिम्रन पुन, नुमा राई, केहरसिंह लिम्बु, निरुषा राई, नेहारा तामाङ र करुणा राईले साथ दिएका छन् ।

मेग्ना मगरको कोरियोग्राफी रहेको यस गीतलाई ओम प्रसाइले भिडियो खिचेका छन् भने भिडियोलाई इन्द्र जिजिविशा निर्देशन गरेका छन् ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *