फेसबुकमा अस्लिल फोटो हालेर विदेशबाटै चरित्र हत्या, युबतीहरुको पुगे रविको मा ( भिडियो )

सामाजिक संजाल प्रयोग ठिक संग गरी बरदान साबित हुन्छ गलत प्रयोग गरे यसले समाजमा गम्भीर असर पुर्याउछ। विश्वभर कुनै पनि सन्देश तथा सुचना केहि सेकेन्डमै फैलाउन क्षमता राख्ने सामाजिक सञ्जाल मध्ये फेसबुक पनि एक हो। नेपालमा सबै भन्दा बढी प्रयोग हुने सामाजिक संजाल फेसबुक नै हो। यसको सदुपयोग त भएकै छ तर दुरुपयोग झन् बढी हुने गरेको छ । कसै संग रिसिबी पोख्न , ठगि गर्न , बदनाम गराउन जस्तो काम का लागि फेसबुक को दुरुपयोग हुने गरेको देखिएको छ। यसरि सामाजिक संजालको दुरुपयोग गरि कसैको जिन्दगीसँग खेलवाड गर्दा कतिले धन त कसैले ज्यान समेत गुमाएको उदाहरण छ।

यस्तै दुरुपयोगको घटनामा मध्ये एक घटना अहिले भर्खर दोलखामा घटेको छ। दोलखाका एक सय बढी युवतीहरुलाई सामाजिक संजाल फेसबुक प्रयोग गरि तनाब दिने र बदनाम गर्ने र ब्ल्याकमेल गर्ने जस्तो काम भएको छ। एक युवाले युबतिहरुको नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर वास्तविक तस्वीरमा नक्कली अस्लिल फोटो जोडेर फेसबुक मा पोष्ट गर्ने गरेको भेटिएको छ। यसरि अस्लिल तस्बिर मात्र पोस्ट गर्ने हैन , युबतिहरुको परिवार आफन्तलाई समेत यस्ता अस्लिल तस्बिर पठाइदिने र ब्ल्याकमेल समेत गर्ने गरेको युबतिहरुले बताएका छन् ।

काठमाडौं बसेर रोजगार गर्ने, पढ्ने ति युबतीहरुको नक्कली फेसबुक एकाउन्टबाट उनीहरुकै परिवारलाई धम्की र अस्लिल तस्वीर पठाउने गरेको छ । परिवारले ति युबतिहरु माथि नै शंका को दृष्टिकोन ले हेर्दा युबतिहरुलाई झन् मानिसक तनाव बढेको छ। युबतीहरु आफ्नो गुनासो लिएर प्रहरीको मा अपराधि समात्न रिपोर्ट गर्न गएपनि यसरि नक्कली एकाउन्ट संचालन गर्ने पक्राउ पर्न सकेको छैन भने युबतीहरु माथि आक्रमण जारि नै छ। युबतिहरुलाई समेत आफु बिरुद्ध रिपोर्ट नगर्न धम्कि समेत दिएका छन्। यस्तै अस्लिल तस्बिरकै कारण धेरै परिवार छुट्टिने अबस्थामा पुगिसकेका छन्।

आफु बिदेशमा रहेको बताउदै नक्कली फेसबुक बनाई अश्लील तस्वीरहरु हाल्ने ती व्यक्ति धम्क्याइरहेका छन्। आफु बिरुद्ध प्रहरीमा उजुरी गरे पनि केही नहुने भन्दै ति व्यक्ति युबतिहरुलाई धम्क्याउने गर्छन। नियमन गर्ने आवश्यक कानुन तथा स्रोत साधनको अभाव हुदा सामाजिक सञ्जालबाट हुने अपराधका घटना बढ्दै गएका छन्। सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरु अहिले सम्म बच्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *