बलिवुडकि यी नायिकाहरु , जो चाडै गर्दैछन् बिहे

भारतीय चलचित्र क्षेत्रमा उमेर पुगेका तर बिबाह नभएका धेरै अभिनेत्रीहरु छन्। त्यसैले पनि अहिले यी नायिकाहरुको बिहेको सिजन चलिरहेको भन्दा अझ बेस होला हो । केहि चर्चित जोडीहरु वैवाहिक बन्धनमा बाधिरहेका छन् । भर्खर मात्र अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले ईटलीमा बिहे गरे । त्यसै गरि नायिका सोनम कपुर, नेहा धुपिया र अनुष्का शर्माको पनि बिहे भैसकेको छ । धुमधाम बिहेको तयारि गरिरहेकी छिन् प्रियंका चोपडा। उनि आफ्नो ब्वाईफ्रेन्ड निक सँग छिटै बिहे गर्ने तयार गर्दै छिन्।

करिब एक बर्ष देखि प्रेममा रहेका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट पनि खबर बन्ने गरेको छ । उनीहरुमा प्रेममा रहेको कुरा लुकाएका पनि छैन र सार्वजनिक रुपमा स्वीकार गरेका पनि छैनन् । यस अघि पनि कट्रिना कैफ र दिपिका पादुकोने संग समेत नाम जोडिएको रणबिर कपुरले पनि अलिया संग अर्को वर्ष बिहे गर्न सक्ने अड्कल गरिएको छ। रणवीर र आलिया दुवैका बाबुआमा समेत उनीहरुलाई छिट्टै श्रीमान–श्रीमतीको जोडीका रुपमा हेर्न चाहिरहेका छन् ।

बलिवुडमा तब्बु ४७ वर्ष , अमिषा पटेल ४३ बर्ष र सुष्मिता सेन ४२ वर्षको भैसक्दा समेत अबिबाहित नै छन्। उनीहरुको बिहेको उमेर गुज्रिसकेको छ तर पनि बिहेको छाटकाट देखिन्न। अभिनेत्री तब्बु र अमिषाको बिहेको कुनै छाँटकाँट छैन भने सुष्मिताले चाहिँ चाँडै बिहे गर्न सक्ने अनुमान गरिएको छ । सुस्मिता बच्चाका आमा समेत हुन्। सुस्मिताको पछिल्लो समयमा आफु भन्दा कान्छा रोहमन शलसँग नाम जोडिएको छ । उनी रोहमन संग ले अर्को वर्ष सुस्मिताले बिहे गर्ने तयारी गरेको समेत सुन्नमा आउने गरेको छ।

त्यस्तै अर्की नायिका सोनाक्षी सिन्हा पनि बन्टी सचदेवसँग प्रेममा छिन् । उनी सच्देब संग सोनाक्षीले अर्को वर्ष बिहे गर्ने सोचमा रहेको बताइञ्छ । त्यसै गरि बलिवुड मा अन्य अविवाहित नायिकाहरु कट्रिना कैफ, कंगना रनावत, परिणिती चोपडा, श्रद्धा कपुरको बिहेको कुनै टुंगो छैन। ३७ वर्षकी कट्रिना अझै सिंगल छिन् । कुनै समय सलमान खानसँग प्रेममा रहेकी कट्रिना बिचमा सलमान संग टाढा भएकी थिइन । अहिले फेरि उनीहरु एक–अर्कासँग नजिकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *