बलिउड नायिका आरती छावरियाले गरिन विवाह

बलिउडकि नायिका आरती छावरिया विवाह बन्धनमा बाधिएकि छिन् । केहि फिल्ममा नायिकाको अभिनय गरेकी आरति खासै चर्चामा आउन सकेकी नायिका हैनन्। आफ्नो करियरमा एक दर्जन बढि चलचित्रमा अभिनय गरेकी यी नायिका हिट भने हुन सकिनन्। रियालिटी शो ‘खतरों कि खिलाडी सिजन-४’ मा अभिनेत्री आरति छाबरिया विजेता बनेपछि लोकप्रिय बनेकी थिइन।

नायिका छाबरियाले मोरिसस निवासी ट्याक्स कन्सलटेन्ट विशारद बीडासीसंग बिहे गरेकी हुन्। गोप्य रुपमा इन्गेज्मेन्ट छाबरियाले भारतीय परम्परा अनुसार बिहे गरेकी हुन्। आफ्नो बिबाहको तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेकी थिइन।

बलिउड फिल्म लज्जाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी आरतिले आवारा पागल दिवाना, तुम्से अच्छा कौन है, राजा भैया, अब तुम्हारे हवाले वतन साथीयो, शादी नम्बर वन, पार्टनर, हे बेबी, किससे प्यार करुँ लगायतको फिल्ममा अभिनय गरेकी छिन्। फियर फेक्टर खतारो का खिलाडी को बिजेता बनेकी आरति ले झलक दिख्लाजा मा समेत सहभागी भनेकी थिइन भने दक्षिण भारतका थुप्रै फिल्ममा समेत अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *