प्रदिप खड्काको चलचित्र ‘ रोजी ‘ नाम फेरियो

नायक प्रदिप खड्का अभिनित नया चलचित्र ‘ रोजी ‘ को नाम परिबर्तन गरिएको छ। भदौ २२ गते देखी देशभर रिलिज हुने चलचित्र ‘रोजी’को नाम परिवर्तन गर्न आएको दबाब पछि नाम फेरिएको छ । अहिले सम्म रोजी नामले प्रचार भैरहेको यो चलचित्रको नाम ‘रोज’ राखिएको छ । चलचित्र छायांकन सुरु भएदेखिनै बिबादित् बनेको यो चलचित्र रोजी महर्जनको हत्या घटना संग सम्बन्धित भएको बताइएको थियो।

मृतक रोजी महर्जनको परिवारले चलचित्र आफ्नो छोरीको हत्या घटनासँग मिलेको भन्दै चलचित्रको नाम परिबर्तन गर्न पटक–पटक दबाब दिदै आएको थियो। चलचित्र निर्माण टिम र रोजी परिवारका बीच भएको सहमति पछि चलचित्रको नाम परिबर्तन गर्ने र सत्यघटनामा आधारित नभन्ने सम्झौता भएको हो।

मृतक रोजीको परिवारको सबेदना लाइ ध्यान दिदै अरुको संवेदना बेचेर पैसा कमाउनु नहुने मान्यता राखेको चलचित्रका निर्देशक निरक पौडेलले बताएको छ। यस चलचित्रलाई गोपिकृष्ण मूभिजले निर्माण गरेको छ भने प्रदीप खड्का, परमिता राणा, मिरुना मगरको मुख्य भूमिका देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *