प्रत्येक गाडीमा ५३ प्रतिशतसम्म नाफा मात्रै, व्रम्हलूटको तथ्य (भिडियोसहित)

अन्तराष्ट्रिय अटोमोबाइल्स ब्रान्ड हुन्डाईको नेपालका लागि थापाथलीस्थित आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘इओन इरा’ गाडीको बिक्रीमा ५३ प्रतिशत, ग्रान्ड आइटेन गाडीमा ४३ प्रतिशत, आइ ट्वान्टी गाडीमा ३४ प्रतिशत र क्रेटा एसएक्स प्लस गाडीमा २६ प्रतिशतसम्म बढी मूल्य लिएको भेटिएको छ ।

नेपाली बजारमा निकै रुचाइएको ‘इओन’ गाडीको विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टले कुल मूल्य १२ लाख ४४ हजार रुपैयाँ रहेको छ तर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गाडी १८ लाख ९८ हजार रुपियाँँमा बेच्ने गरेको पाइएको हो ।

प्रत्येक गाडीमा कम्तीमा ६ लाख ४३ हजार भन्दा बढी नाफा लिएर बिक्रि गरिरहेको तथ्यले आम उपभोक्तालाई नराम्रोसँग झस्काएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ लाख ८७ हजार मूल्य पर्ने ग्रान्ड आइटेन गाडीलाई २६ लाख ८६ हजारमा बिक्रि गरेको छ ।

न्युज २४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *