प्रकाश सपुत र अन्जली अधिकारिको अभिनयमा नया गीत सार्बजनिक……..भिडियो हेर्नुस

पछिल्लो समय निकै चर्चामा आएको गायक प्रकाश सपुत र मोडल अन्जली अधिकारिको अभिनयमा नया गीतको भिडियो सार्बजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानल मार्फत आज देबी घर्ति मगरको स्वरमा नयाँ गीत “डाइमण्ड” बोल को गीत सार्बजनिक गरिएको हो। सधै झैँ यस गीतमा पनि अन्जली अधिकारीको हट देखिएकी छिन । देबी घर्ति मगरको स्वरमा गाइएको नया नेपाली तीज गीतमा प्रकाश सपुत र अन्जली अधिकारिको जोडीले भिडियोमा अभिनय गरेका हुन्।

आज ओएसआर डिजिटल युट्युब च्यानल मार्फत नया गीत डाइमण्ड सार्बजनिक भएको हो। यस गीतमा मंजु बरालको शब्द रहेको छ भने झुलेन बरालको संगीत रहेको छ । ग्रीन ल्याण्ड बेन्क्वेटमा सुटिंग भएको यस यश गीतको भिडियोलाई बुद्ध थापाले खिचेका छन्। नबिन निरौलाले यस भिडियोलाई सम्पादन गरेका छन् भने जीवन शाहीले भिडियोलाई निर्देशन गरेका छन्। लोक गायक प्रकाश सपुत संग चर्चित मोडेल अञ्जलि अधिकारीले कम्मर मर्काएकी छिन् ।

गल्बनदीमा बिधवा र दुखि आमा को चरित्र मा देखिएकी अन्जली अधिकारिको अहिले म्युजिक भिडियोको बाढी नै आएको छ। अहिले उनलाई म्युजिक भिडियो गर्न भ्याइनभ्याइ छ। देश तथा बिदेशमा समेत स्टेजको कार्यक्रममा उत्तिकै व्यस्त छिन। हरेक हप्ता उनको म्युजिक भिडियो आइ नै रहेको छ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *