प्रकाश सपुतको ‘गलबन्दी’ हेर्न थामी नसक्नुको भिड, गायक नै दंग ……भिडियो

अहिले बजारमा निकै चर्चित गीत गलबन्दी च्यातियो गीत जताततै बजिरहेको छ। नेपाली दर्शकको मन मुटुमा बस्न सफल बनेको गीत गलबन्दी अहिले युट्युबमा मात्र हैन स्टेज सो मा पनि तेस्तै धेरै बज्ने काम हुन थालेको छ। फेसबुक लगाएतका सामाजिक संजालहरुमा त यो गीतको चर्चाले र खबरले भित्ता नै भरिएको छ। यसैको कारण गायक प्रकाश सपुतले पनि चर्चा मात्र हैन दर्शकको मन नि जितिरहेको छ।

बोल माया जस्तो गीत ल्याएका सपुतले यसको सिक्वेल्का रुपमा गलबन्दी ल्याए जसले रेकर्ड तोडदै सबैभन्दा छोटो समयमा करोड भ्युज कमाउने भिडियो बन्यो। अहिले गलबन्दी गीतकै कारण मोडल अन्जली अधिकारि समेतको चर्चा चारैतिर चलिरहेको छ। अहिले देश तथा बिदेशमा सर्वाधिक चर्चामा छ “गलबन्दी”।शहर बजार तथा गाँउघरमा सबैले गुनगुनाइरहेका छन् “गलबन्दी”।

शान्तिश्री परियार र प्रकाश सपुतको अत्यन्तै मौलिकताले भरिएको गितको भिडियोमा प्रकाश र अञ्जली अधिकारीले बिशेष अभिनय गरेका छन् ।गलबन्दी गितका गायक गायिका देखि यसमा अभिनय गर्ने अन्जली लाई समेत भ्याई नभ्याई छ । गायक प्रकाश सपुतले गलबन्दी स्टेजमा गाउदा दर्शक को निक्कै माया र साथ पाएका छन् । उनले स्टेजमा गलबन्दी गाउदा दशक निक्कै उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *