पोखराकी प्रगती पुन पुगिन डान्स शो बुगीउगीको फाइनलमा

हाल एपी१ टिभीमा प्रसारण हुने गरेको डान्स रियालिटी शो बुगीवुगी फाइनलमा पुगेको छ। भारतीय रियालिटी शो बुगीवुगी को फ़्रेञ्चाइज लिएर एपिवान टेलिभिजनले प्रसारण गर्दै आएको कार्यक्रममा तनहुँकी डान्सर प्रगती पुन मगर फाइनलमा पुगेकी छिन। बुगीवुगीको सुक्रबारको टप चार एपिसोडबाट छानिएर फाइनलमा प्रवेश गरेकी हुन् ।

२१ बर्षकी प्रगति पुन तनहुँको शुक्लागण्डकी २ कोत्रेकि हुन्। सानै उमेरदेखि डान्स गर्दौ आएकी उनि क्रिस्टल क्लज डान्स कृमा आबद्ध थिइन। विभिन्न प्रतियोगिताहरुमा भाग लिसकेकी उनले कभर भिडियोमा समेत गर्दैआएकि थियिन।

कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीले यस कार्यक्रमको निर्णायक भूमिका गर्दै आएका छन् । हिजो सुक्रबार टप ४ बीच भएको प्रतिस्पर्धामा रविन भुजेल आउट भएसंगे फाइनलमा कविता नेपाली, सरोज मोक्तान र प्रगति पुन मगर पुगेका हुन्। जनताको भोटले निर्णायक भूमिका खेल्ने यस कार्यक्रममा फाइनलमा पुग्ने सबैले पुरस्कार पाउनेछन। डान्स रियालिटी शोव्मा अहिले सम्मको सबै भन्दा ठुलो पुरस्कार रहेको यस कार्यक्रमले पहिलो लाइ २५ लाख ,दोश्रोलाइ ६ लाख र तेश्रो हुनेले ४ लाख नगद पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *