पारसको कप्तानीमा राष्ट्रिय क्रिकेट टिमको घोषणा ! हेर्नुस कोको परे

सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । कप्तान पारस खड्काको कप्तानीमा १४ सदसीय नेपाली टोलीको घोषणा पत्रकार सम्मेलनमा गरिएको हो । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ । यस्तै विश्वकप छनोटको तयारी गर्न नेपाली टोली मलेसिया जानेछ । तयारी स्वरुप नेपालले मलेसियासंग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्नेछ । नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने छ । नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ ।

हेर्नुस कोको खेलाडी परे

Leave a Reply

Your email address will not be published. Required fields are marked *