नेपाल टेलिकमको सस्तो अफर – मात्र १० पैसामा कुराकानी

अहिले को समयमा एक रुपयाले समेत महत्व गुमाइसकेको छ तर नेपाल टेलिकमले भने आफ्नो ग्राहकका लागि भनेर अति सस्तोमा फोन गर्ने सुबिधा उपलब्ध गराउदै छ। मात्र १० पैसामा टेलिकमले तपाइलाइ फोन गर्ने सुबिधा दिएको छ। अहिलेको समयमा १० पैसाको कुनै महत्व नमानिए पनि तेही १० पैसाले तपाइलाइ कसै सग कुरा गर्न पुरा मद्दत गर्दैछ। नेपाल टेलिकमले आफ्नो ग्राहकका लागि दश पैसामा एक मिनेट कुराकानीको सस्तो अफर ल्याएको छ।

आफ्नो ग्राहकलाई सस्तोमा सुबिधा उपलब्ध गराउन नेपाल टेलिकमले मात्र १० पैसामा मोवाइलबाट एक मिनेटसम्म कुरा गर्न सकिने भ्वाई सुविधा उपलब्ध गराएको हो । नेपाल टेलिकमले ०७६ बैशाख १ गते देखि ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराउदै आएको हो। ग्राहकले यो सुबिधा पाउनका लागि मोबाइलबाट  VOICE90 लेखेर १४१५ मा मेसेज पठाउनु पर्छ। त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

टेलिकमले यो सुबिधा जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड किसिमका मोवाइल ग्राहकहरुका लागि उपलब्ध गराउदै आएको छ ।

One Comment on “नेपाल टेलिकमको सस्तो अफर – मात्र १० पैसामा कुराकानी”

  1. यदी गर्ने भए पहिले गर्नु पर्नेनी हाल एनसेलले धेरै सुविधा गरेको देखेर नक्कल गर्न खोजेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *