नेपाल आइडल रबि ओडको नया गीत सार्बजनिक ……… हेर्नुस भिडियोमा

नेपाल आइडल २ का विजेता रवि ओडको नया गीत बजारमा आएको छ। गायक रबि ओड र प्रविशा अधिकारीको स्वरमा नया गीत ‘उजाड यो’ बोलको नयाँ गीत सार्बजनिक गरिएको हो। रविको यस गीतलाइ एवेरेस्ट ग्यालरी नामक युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । बालकृष्ण न्यौपानेले लेखेका यस गीतलाई रबि ओड लाइ प्रविशा अधिकारीले साथ दिएकी हुन् ।

प्रेम र मायामा आधारित रहेको यस गीतलाइ सुनिल राइले संगीत दिएक छन् भने मुकेश हुमागाईले यस गीतको भिडियोलाई खिचेका छन् । यस भिडियोमा चर्चित मोडल सनम कडायत र श्रृष्टि खड्काले अभिनय गरेका छन् । नेपाल आइडलपछि निकै व्यस्त रहेका रविले केही दिनअघि मात्रै ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’ लगायत गीत बजारमा ल्याएका थिए ।

हेर्नुस भिदियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *