नेपाल आइडलमा गोल्डन माइक जित्ने भाग्यमानिहरु ! जो सिधै पुगे गाला राउण्डमा ( भिडियो )

एपी१ टिभीमा प्रसारण हुने नेपालि सांगीतिक रियालिटी सोको इतिहासमै सबै भन्दा ठुलो कार्यक्रम नेपाल आइडलमा पहिलो पल्ट दोश्रो सिजन देखि गोल्डन माइक दिने परम्परा सुरु गरियो। अन्तराष्ट्रिय फ्रेन्चाईज शो नेपाल आईडलमा गोल्डन माइक जित्नेले सिधै गाला राउन्डमा प्रवेश गर्ने छ। जसले उत्कृस्ट गायन देखाउछ उसलाई गोल्डन माइक दिएर जज ले सिधै गाला राउण्डमा पठाउने नियम बनाएको छ।

यो सिजनमा पनि जजहरुका रुपमा न्य्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा नै रहेका छन्। जसले उनीहरुको मन जित्नेछन उनीहरुले गोल्डन टिकट जित्ने छन्। धेरै प्रतिष्पर्धीहरु गोल्डेन टिकट जितेर थिएटर राउन्डमा प्रवेश गरे भने त्यो भन्दा बढी प्रतिस्पर्धी अडिसन बाटै निरास हुदै घर फर्किए। ति मध्ये ४ यस्ता प्रतिस्पर्धी निस्के जो अडिसन राउण्ड बाट गोल्डन माइक जितेर सिधै गाला राउण्ड मा प्रवेश गरे।

नेपाल आइडलकै इतिहास मा पहिलो पटक गोल्डेन माइक जित्ने प्रतिस्प्रधी बने मिनराज पौडेल । चितवन घर भएका पेशाले शिक्षक मिनराजको गायन क्षमता को तारिफ गर्दै जज हरुले उनलाई गोल्डन माइक दिए। गिटार बजाउदै आएका मिनराजले ‘गाइने दाजैले सारंगी रेट्दामा’ बोलको गित गाउदा जज अति नै आकर्सित बनेर उनलाई पहिलो पटक गोल्डन माइक प्रदान गरियो।

पोखरा कि निलिमा कडेल थापा बनिन दोश्रो गोल्डन माइक जित्ने प्रतिस्पर्धी। कलेज पढ्दै गरेकी २० बर्षीय निलिमाले घरको लागि आर्थिक सहयोग हुन गरिरहेको जागिर पनि छोडेर संगीत कर्म तिर लागेकी थिइन। त्यसैको प्रतिफल यस पटकको नेपाल आइडल मा गोल्डन माइक जितेर उनि सिधै गाला राउण्डमा पुगेकी छिन। तेस्तै पोखरा कै अर्को प्रतिस्पर्धी बिक्रम बराल पनि गोल्डन माइक जितेर सिधै गाला राउण्ड मा पुगेका छन्। यस्तो पनि हुदो रैछ गीत गाएका प्रतिस्पर्धी विक्रमले पनि गोल्डन माइक जित्नेको लिस्ट मा आफ्नो नाम सुरक्षित गरे।

काठमान्डू अडिसनमा सहभागी प्रतिस्पर्धी झापाका १९ बर्षका सुमित पाठकले गोल्डन माइक जित्ने चौथो र अन्तिम प्रतिस्पर्धी बने। गितार बोकेर आएका सुमितले ‘ होस् हराएका बेला ‘ बोलको गीत गाएर जज को मन जिते र गोल्डन माइक जिते।

हेर्नुस भिडियो मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *