नेपाली चलचित्र ‘चि मुसी ची’ ट्रेलर सार्वजनिक

नया नेपाली चलचित्र ‘चि मुसी ची’ ट्रेलर सार्वजनिक गरिएको छ । साउन ११ गते देखि प्रदर्शनमा आउँन लागेको यस चलचित्र चल्ला नचल्ला त्यो त् पछि थाहा होला। यसअघि २ गीत रिलिज गरेको निर्माणपक्षले अहिले आएर ट्रेलर सार्वजनिक गरेको हो ।

एलिसा शर्माका साथै नायक रुपमा सुनिल क्षेत्री र सुशान्त कार्कीलाई दर्शकले हेर्न पाउनेछ । दिनेश श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा नायक कार्कीलाई सी आइवी को रुपमा प्रस्तुत गरिएको छ।

फिल्मको ट्रेलरलाइ थ्रीलर शैलीमा निर्माण गरेको निर्माण पक्षले फिल्म लाइ सस्पेन्स राख्ने कोसिस गरेको देखिन्छ । अरुण कुमार गुरुङ, सुवास भुर्तेल, डब बहादुर गुरुङको संयुक्त लगानीमा निर्माण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *