दुखद खबर ! अमेरिकामा नेपालीमाथि गोली हान्यो १ जनाको मृत्यु, अर्का एक घाइते

रोजगारीका लागि अमेरिकामा पुगेका नेपालीहरु माथि काम को दौरान आक्रमण हुने गरेको धेरै घटना छ। अज्ञात बन्दुकधारीले रातको ११ बजे तिरको समयमा गोलि हान्दा एक नेपाली को मृत्यु भएको छ। बिशेष गरि यस अघि पनि धेरै नेपालीहरु जो ग्यास स्टेसनमा काम गर्छन उनीहरु माथि धेरै आक्रमण हुने गरेको घटना बाहिरिएको थियो। फेरि यस्तै एक घटना घटना भएको छ। एक नेपाली हो आफ्नो कार्यक्षेत्रमा काम गर्दै थिए उनि माथि गोलि हान्ने जस्तो जघन्य अपराध गरिएको छ।

ग्यास स्टेसनमा काम गर्ने नेपाली नागरिक सुभाष घले र एक अर्का नागरिक माथि गोलि हानिएको हो। गत बिहिबार फेब्रुअरी २१ तारिख का दिन लमजुङका सुभाष घलेलाइ गाेली हानीएको थियो। पछि उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ। एलिजावेद टाउनको एक ग्यास स्टेसनमा काम गर्दै आएका घले संगै काम गर्दै आएका एकजना अर्का नेपाली प्रयास बाँनिया घाइते भएका छन् । घाईतेको लुवेल अस्पतालमा उपचार भईरहेको छ । हत्याको विषयमा प्रवासी नेपाली मञ्च अमेरिकाले एक विज्ञप्ति जारी गरी बिहीबार राती मारिने नेपाली भएको जनाजनाउँदै समवेदना प्रकट गरेका छन् । बिशेष गरि अमेरिकामा रातको समयमा ग्यास स्टेसनमा काम गर्नु सुरक्षित देखिएको छैन। धेरै नेपालीहरुले ग्यास स्टेसनमै यस्तो आक्रमण को सिकार बन्नु परको खबर सुन्न आउने गरेको छ।

प्रवासी नेपाली मञ्च अमेरिकाले मृतकका परिवार प्रति समवेदना प्रकट गरेको छ भने गोलि काण्डमा घाइते बनेका बाँनियाको शीर्घ स्वास्थ्य लाभको कामना बिज्ञप्ति मार्फत गरेको छ । घटना घटाउने दोषीको खोजी गर्न दबाब दिदै क्षतिपुर्तिको लागि एनआएरएन माग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *