तेरिया मगरले गरिन यस्तो खुलासा । लेखिन बजारमा आएको खबर झुट

तेरिया मगर ले फेसबुक मार्फत आफुले फिल्म खेल्ने बिषयमा मुख खोलेकी छिन ! ठुला अनलाइन देखि फेस्बुके मिडिया सम्म ले तेरियाले नेपाली फिल्म खेल्दैछन भनेर छापेको समाचार छ्याप्छ्याप्ती लेखेको भेटियो। यसै सम्बन्धमा भारतमा रहेकी तेरिया मगरले आफ्नो फेसबुक मार्फत यस बिषयमा स्पस्टिकरण दिएकी छिन। चलचित्र खेल्ने बिषयमा आइरहेको सबै खबर झुटो भएको भन्दै फेसबुक मा तेरिया लेख्छिन

म आजको दिनसम्म कुनै पनि चलचित्रका लागि अनुवन्धित भएको छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन ।’ तेरियाले झुटो समाचारले आफ्ना शुभचिन्तकहरुमा पलाएको उत्साह र निराशाप्रति क्षमा समेत मागेकी छिन् । सत्य तथ्य कुरा बुझेर मात्र समाचार बनाउन उनि सबैलाई अनुरोध गर्छिन।

भारतिय रियालिटी शो जितेर चर्चामा आएकी तेरियाले आजसम्म आफुले कुनै पनि चलचित्र साइन नगरेको स्पष्ट पारेकी हुन् ।

म्याक टेन कालुले बनाउने भनिएको ‘मायाको मोल’ नामक चलचित्रमा तेरिया मगरले काम गर्न लागेको खबर बाहिरिएको थियो । म्याक टेन कालुले पनि आफ्नो फेसबुक वाल मा यहि फिल्मको खबर सम्बन्धि खबर लाइ अत्याधिक मात्रामा शेयर गरेको देखिन्छा जहा तेरिया मगरले फिल्म खेल्दैछ भन्ने खबर लेखेको पाइएको छ।

मनसुधा मिडिया प्रालिको ब्यानरमा निर्माण हुने भनिएको नेपाली चलचित्र तेरियाले खेल्ने कुरा झुटो भएको तेरियाले स्पस्टिकरण दिएकि छिन । आखिर तेरियाले सम्झौता गरेर पनि झुटो बोलेकी हुन् या कालु र सुजनले तेरियाको नाम प्रयोग गरेर चर्चा खोजेका हुन् त्यो त समयले बताउला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *