ठुलो सहयोग बोकेर शिशिर भण्डारी बिदेशी जेलमा रहेका बिनोद रानाभाटको घर पुगे……. हेर्नुस भिडियोमा

भगवान खोज्न मन्दिरमा जानु पर्दैन भन्ने भनाइलाइ शिशिर भण्डारीले फेरि पनि चरितार्थ पारेका छन्। मन्दिरमा गएर पुजा गर्नु भन्दा ठुलो दिन दुखि र आबस्यक परेका हरुलाई सहयोग गर्नु ठुलो धर्म हो जुन अहिले शिशिर भण्डारीले सक्रिय भएर गरिरहेका छन। बर्षौ देखि विदेशको जेलमा जिबन बिताइरहेका बिनोद रानाभाटलाइ बचाउन नेपाल फर्काउन सहयोग अभियानमा लाखौ रकम संकलन कार्य भैरहेको छ।

देश तथा बिदेशमा रहेका उदार मनका नेपाली दाजुभाइ दिदीबहिनीले मन खोलेर सहयोग गरिरहेका छन्। यस अभियान अन्तर्गत अहिले सम्म ठुलो रकम संकलन समेत भैसकेको छ। विभिन्न व्यक्तिहरुले आफ्नो आफ्नो ठाउँ बाट सकेको सहयोग गरिरहेका छन्। बिनोद रानाभाट सहयोग अभियानमा लागिरहेका शिशिर भण्डारी महान सहयोगीहरुले पठाएको ११ लाख ३४ हजार ९ सय ९७ रुपैंया सहयोग लिएर भरतपुर १५ स्थित बिनोदको घर मा पुगेका छन्।

फेसबुक मार्फत शिशिर ले यस्तो लेखेका छन्

घाम पानी नभनी अहोरात्र सामाजिक सेवामा लाग्दै दुखी, पिडित र सँकटमा रहेका नेपालीहरुको पिडालाई कम गर्ने युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल मार्फत् हाम्रो प्रयाश सधैं अघि बढिरहेछ । बिनोद रानाभाट सहयोग अभियानमा निरन्तर बर्षाको वास्ता नगर्दै तपाई महान सहयोगीहरुले पठाउनु भएको ११ लाख ३४ हजार ९ सय ९७ रुपैंया सहयोग लिएर हामी भरतपुर १५, बिष्णुपुरमा रहेको बिनोदको घरमा फेरी पुग्यौं ।

आँशुमा डुबेको यो परिवारमा छोरासँगै खुशी फर्केला कि भन्ने आशा बाँच्दै थियो । सहयोग लिएर बिनोदको आमाले आफु बर्षौपछि खुशी हुन थालेको बताउँदा, बुवाले छोरा फर्कने दिन कुरिरहेको छु भन्दा र “हजुरआमा पहिलो तलबले हजुरको दाँत बनाउन पैसा पठाईदिन्छु है” भनेको नाती ३० महिनादेखि जेलमा थुनिदा हरेक दिन रोईरहनुभएकी ७० नाघ्नुभएकी हजुरआमाले तपाईहरु भगवान भएर आउनु भयो भन्दै रुदै मनैदेखि आशिष दिदाँको पल बिर्सन नसकिने थियो ।

सम्पुर्ण सहयोगीहरुलाई मनैदेखि सम्मान र नमन । हजुरहरुको बिश्वास नतोड्दै अझै यस्तै राम्रा कामहरु गर्दै जानेछौं । हस्तान्तरण गरिएको रकम आजै समितिको खातामा जम्मा भैसकेको छ ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *