ट्युमरको अप्रेसन पछि यस्ती भइन् अभिनेत्री श्वेता खड्का ( भिडियो )

अभिनेत्री श्वेता खड्का पछिल्लो पटक नेपाली कमेडी फिल्म जात्रै जात्रा हेर्न पुगेकी छिन। जात्रै जात्राको स्पेसल सो मा अभिनेत्री खड्का को अलावा फिल्म क्षेत्रका नाम चलेका हस्ती हरु समेत पुगेका थिए। गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराए पछि पनि श्वेता पूर्ण रुपमा ठिक भैसकेकी छैनन्। फिल्म हेर्न आउदा अभिनेत्री खड्काको  देब्रेपट्टी प्यारालाइज भएको बताइन । डाक्टर ले पनि श्वेतालाई धेरै नबोल्न सुझाब दिएको उनले अन्तरबार्ताको क्रममा बताइन। अस्पतालमा बस्नु नपरेपनि अहिले अभिनेत्री खड्काको फिजियोथेरापी चलिरहेको उनले बताइन।

आफ्नो स्वास्थ्य स्थिति अहिले नर्मल रहेको र डाक्टरकै सल्लाह अनुसार फिजियोथेरापी गरिरहेको जानकारी गराइन। खड्काको देब्रे पट्टिको भाग काम नगरिरहेको ले डाक्टरले पूर्ण रुपमा ठिक हुन ३ महिना , १ बर्ष अथवा जति पनि समय लाग्न सक्ने बताएको उनले बताइन। चलचित्रका बारेमा अभिनेत्री श्वेताले आफुलाई निकै हसाएको प्रतिक्रिया दिइन। चलचित हेरिञ्जेलको २ घण्टा भने आफुलाई हास्न बाध्य पारेको चलचित्र जात्रै जात्राको खुलेर प्रसंसा गरिन।

केहि समय पहिले लण्डनमा ‘हेल्लो जिन्दगी’ को सुटिङका क्रममा स्वास्थ्य समस्या भएको थियो। खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि डाक्टरले सकेको छिटो शल्यक्रिया गर्न सुझाब दिएको थियो। त्यसपछि अभिनेत्री खड्का भारतको दिल्ली स्थित अस्पतालमा उपचार गराउन पुगेकी थिइन जहाँ उनले गर्दनको सल्यक्रिया गराएकी थिइन। शल्यक्रिया सफल भएको थियो । लगत्तै श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त समेत गरेकी थिइन ।

उनी लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दु:खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *