‘छक्का पन्जा ३’ ले तोड्यो रेकर्ड , १७ औ दिनमा १६ करोड

‘छक्का पन्जा को तेश्रो शृंखलाको रुपमा यहि घटस्थापनाको दिन देखि देश भर रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ ले रेकर्ड तोडेको छ। नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाउने चलचित्र बनेको छ भने छक्का पन्जाको शृंखलामा पनि ‘छक्का पन्जा ३’ सबै भन्दा बढी कमाउने चलचित्र बन्ने पक्का भएको छ । यसअघि चलचित्रल ‘छक्का पन्जा’ले बनाएको १६ करोडको ग्रस कलेक्शनलाई ‘छक्का पन्जा ३ ’ ले रिलिज भएको १७ औ दिनमा तोडेको कुराको पुष्टि चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले गरेका छन् ।

दिपक राज गिरि र दीपा श्रीले चलचित्र सम्बन्धि फेसबुकमा यस्तो स्टाटस लेखेका छन्- “ छक्का पन्जा १” ले १२८ दिनमा प्राप्त गरेको लक्ष “छक्का पन्जा ३” ले केबल १७ दिनमा उक्त उपलब्धि हासिल गरेको छ.. बधाइ सबै कलाकार तथा प्राबिधिक साथिहरू….धन्यबाद दर्शक ,
जय नेपाली सिनेमा!!!

तर दिपक र दीपाले चलचित्रले कामाएको रकम भने उल्लेख गरेका छैनन् । छक्का पन्जा नेपाली चलचित्र क्षेत्रको लागि एउटा ब्राण्ड नै बनेको छ। यसको हरेक चलचित्र ले रेकर्ड तोड कमाउने बनेको छ। इतिहासमै सर्वाधिक धेरै कमाई गर्ने चलचित्रमा ‘छक्का पन्जा’को सिरिजले कब्जा जमाएको छ । शृंखलाको पहिलो चलचित्र ‘छक्का पन्जा’ले १६ करोड कमायो , दोश्रो चलचित्र ‘छक्का पन्जा २’ले १४ करोड कमायो र ‘छक्का पन्जा ३’ले १७ औ दिनमा १६ करोड कमाउदै रेकर्ड तोड्दै अघि बढिरहेको छ । घटस्थापना देखि रिलिज भएको चलचित्र अझै पनि देश भरका अधिकांश हलमा हाउसफूलका साथ प्रदर्शन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *